३१ लाख नगदसहित दुईजना पक्राउ

0
534

काठमाडौं ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित सडकमा बा१४च ८९५९ नम्बरको सवारी जाँचकाक्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here