टाटासुमो त्रिशुली नदीमा खस्यो, तीन जनाको मृत्यु

0
502

रसुवा ।

रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा. १० च ५८२० नम्बरको टाटा सुमो हिजो साँझ कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा गोल्जुङका ३२ वर्षीय नुर्बु तामाङ, ३२ वर्षीया साँईली घले र ३५ वर्षीय मेन्दो घले छन् । टाटासुमो सडकबाट करिब डेढ सय मिटर तल त्रिशुली नदीमा खसेको थियोे ।

जीपमा सवार ११ जनामध्ये अन्य तीन जना नदीमा वेपत्ता भएको बताइएको छ । सेना र प्रहरीको टोलीले बेपत्ता भएकाहरुको खोजी गरिरहे पनि फेला पार्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका ५ जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने दुई जनाको नुवाकोटमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here