जन्मदिनमा विद्यार्थीलाई सहयोग

0
449

झापा।

झापाको बिर्तामोड– ४ मा रहेको अनारमनी आधारभूत बिद्यालयले आमा अभिभावकसँग अन्तरक्रिया गरेको छ ।

बिद्यालयको शैक्षिक गुणस्तर विकासका लागि अभिभावक तथा बिद्यालय व्यबस्थापन समितिबीचमा अन्तरक्रिया गरेको प्रधानाध्यापक टंक कटुवालले जानकारी दिए ।

शैक्षिक अभियन्ता अर्जुन भट्टले सहजीकरण गरेको कार्यक्रममा ९७ जना आमा अभिभावकको सहभागिता रहेको थियो । सोही अवसरमा एक सय ७५ जना बिद्यार्थीहरुलाई बिद्यालयले टाई, बेल्ट प्रदान गरेको छ ।

यसैबीच बिर्तामोड– ४ निवासी राजेन्द्रकुमार संग्रौलाले आफ्नो जन्मदिनको अवसर पारेर बिद्यालयका २५ जना विपन्न समुदायका बिद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here