छोरीको आशामा सात छोरा

0
567

बिर्तामोड।

अझै पनि समाजमा छोरा जन्मिए उत्सव गर्ने र छोरी जन्मिँदा पिर मान्ने मानसिकता हटेको छैन । समाजकै लागि भए पनि छोरा जन्माउनै पर्ने दवावले अहिले पनि धेरै महिला पीडित छन् । तर, खुल्न भने सकिरहेका छैनन् ।

छोरा जन्माउनै पर्ने बाध्यताले कतिपय महिलाले अहिले पनि गैरकानूनी रुपमा भु्रण हत्या गरिरहेका छन् । भु्रण पहिचान गर्ने अनि छोरी हो भन्ने यकिन हुनासाथ कतिपयले भु्रण हत्या समेत गर्ने गरेको पाइएको छ । तर, झापामा यस्ता पनि दम्पत्ति छन्, जसले छोरीका लागि सात छोरा जन्माए ।

बाह्रदशी गाउँपालिका–३ राजगढका लक्ष्मीप्रसाद र पवित्रादेवी तिम्सिानाले छोरीको आशामा सात छोरा जन्माएका छन् । उनीहरुले चेली र माइतीको सम्वन्ध कहिल्यै नटुटोस् भन्दै आठौं सन्तानका रुपमा छोरी जन्माएका हुन् । तिम्सिना दम्पत्तिले जन्माएका आठै सन्तान सकुशल छन् ।

छोराले मात्र सृष्टि चल्दैन– पवित्रा भन्छिन्– ‘सृष्टिका लागि छोरी नै चाहिन्छ, समाजमा अझै पनि छोरीलाई छोरा सरह हेरिँदैन ।’ छोराछोरी बराबरी भनिए पनि पहिलो सन्तान छोरी जन्मिँदा समाजमा अझै पनि नाक खुम्च्याउने तर छोरा जन्मिए भोज गर्ने प्रवृत्तिको अन्त्य भएको छैन– पवित्रा भन्छिन्– ‘छोराछोरी बराबरी भनेर मात्र हुँदैन व्यवहारमा देखिनुपर्छ ।’

तिम्सिना दम्पत्तिका जेठा छोरा वालकृष्ण, माइला घनश्याम, साइँला तारानाथ, काइँला कुवेर, अन्तरे यामप्रसाद, जन्तरे हरिप्रसाद र कान्छा होमप्रसाद हुन् । आठौं सन्तानकी रुपमा जन्मिएकी कान्छी छोरीको नाम उमा हो ।

पछिल्लो समय दुई वा दुईभन्दा बढी सन्तान जन्माउन छाडे पनि तिम्सिना दम्पत्तिका आठ सन्तान छन् भन्दा धेरै अचम्ममा पर्ने गरेका छन् । त्यसमाथि छोरीको आशमा सात छोरा तिम्सिना दम्पत्तिले जन्माए भन्दा बाह्रदशी गाउँपालिकाबासी आश्र्चयचकित छन् । छोरीका लागि सात छोरा जन्माएका तिम्सिना दम्पत्ति अहिले सवै बाह्रदशीबासीमाझ परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here