दुई सामुदायिक विद्यालयलाई सेनिटरी नेप्किन वेन्डिङ मेसिन प्रदान

0
922

झापा।

झापामा रहेका दुई सामुदायिक विद्यालयलाई सेनिटरी नेप्किन वेन्डिङ मेसिन प्रदान गरिएको छ । बिर्तामोड नगरपालिकामा रहेको देवी मावि र अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे माध्यमिक विद्यालयलाई एक÷एक थान मेसिन प्रदान गरिएको हो ।

विद्यालयमा अध्ययनरत् छात्राहरुलाई महिनावारी हुँदा सहयोग पु¥याउने उद्देश्यले मेची माहेश्वरी महिला मञ्चले उक्त वेन्डिङ मेसिन निःशुल्क प्रदान गरेको मञ्चकी सचिव सुधा तोषनीवालले जानकारी दिइन् । दुवै बिद्यालयलाई मेसिनसहित एक÷एक सय प्याड समेत निःशुल्क प्रदान गरिएको उनको भनाइ छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सेनिटरी नेप्किन वेन्डिङ मेसिन र प्याड विद्यालयलाई प्रदान गरिएको मञ्चकी अध्यक्ष सुधादेवी गट्टानीले जानकारी दिइन् । सामाजिक काममा सक्रिय रहेको मेची माहेश्वरी महिला मञ्चले यसअघि पनि सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

२८मे मा अन्तर्राष्ट्रिय मासिक धर्म स्वच्छता एवम् जागरुक दिवसलाई उत्सवका रुपमा मनाएको मञ्चले दिवसकै अवसर पारेर विद्यालयमा अध्ययनरत् छात्राका लागि प्याडसहित मेसिन प्रदान गरेको बताइएको छ ।

मञ्चले नेपाल र भारतमा छात्राहरुका लागि १५ सय ५१ मेसिन वितरण गरेको नेपाल माहेश्वरी महिला संगठनकी उपाध्यक्ष नितु सोमानीले बताइन् । मञ्चले आगामी दिनमा बिद्यालयमै सेनिटरी प्याडलाई डिष्पोजलका लागि मेसिन प्रदान गर्ने कार्यक्रम राखेको र वातावरण स्वच्छतामा त्यसले सहयोग पुग्ने मञ्चकी सचिव तोषनीवालले जानकारी दिइन् ।
महिलामा हुने माहिनावारी प्रक्रियालाई प्राकृतिक रुपमा लिन सन्देश दिँदै कुनै पनि छात्रा महिनावारी भएको समयमा लाजले विद्यालय नआई घरमा बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न आफूहरुले प्रदान गरेको मेसिनले सहयोग पुग्ने अपेक्षा राखिएको मञ्चकी सचिव तोषनीवालले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here