नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण

0
1197

इटहरी।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा पूर्वी पृतना हेडक्वाटर इटहरीको समन्वयमा इटहरीमा रक्षा संवाददाता अभिमुखीकरण तालिम आइतवारबाट शुरु भएको छ ।

नेपाली सेना सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरुमा थप स्पष्टता आउन सकोस् भन्ने अभिप्रायले उक्त तालिमको आयोजना गरिएको पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी समीर शाहीले जानकारी दिए । उनले यस्तो कार्यक्रमबाट मिडिया र नेपाली सेनाबीच प्रगाढ सम्बन्ध विकास हुने कुरा बताए ।

आगामी जेठ ३१ गतेसम्म सञ्चालन हुने तालिममा १ नं. प्रदेश अन्तर्गत विभिन्न मिडिया हाउसहरुमा कार्यरत २१ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले नेपाल सरकारको रक्षा मन्त्रालयको संगठन, संरचना दरबन्दी, कार्यक्षेत्र र सुरक्षा नीतिबारे जानकारी गराएका थिए । संघीय संरचनामा नेपाली सेनाको तैनाथीबारे युद्धकार्य निर्देशनालयका प्रमुख सेनानी अनिल उपाध्यायले र पूर्वी पृतनाको जिम्मेवारी सम्बन्धी पूर्वी पृतना हेडक्वाटर इटहरीका महासेनानी मदन केसीले जानकारी गराएका थिए ।

त्यस्तै पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दीर्घबहादुर चन्दले राष्ट्रिय सेवा दल सम्बन्धी र नागरिक सैनिक सम्बन्धमा जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका बारे जनसम्पर्क तथा सूचना निर्र्र्देशनालयका प्रमुख सेनानी बिमलराज शर्माले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण पूर्वी पृतना हेडक्वाटर इटहरीका मेजर भैरव लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here