शैक्षिक गुणस्तर सुधार्न सहकार्यमा जोड

२८ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

सुरुङ्गा।

झापा मेरिगोल्ड अंग्रेजी मावि सुरुङ्गाको आयोजनामा गुणस्तरीय शिक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

एसपी क्याफे सुरुङ्गाको सभाहलमा सम्पन्न कार्यक्रममा वक्ताहरुले शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनको समझदारी र सहकार्यबाट मात्र शैक्षिक गुणस्तर सुध्रनेमा जोड दिएका थिए । संस्थागत र सामुदायिक विद्यालय एउटै लक्ष्य र उद्देश्य अनुरुप स्थापित विद्यालयहरु रहेका र ती विद्यालयहरु एकापसी सहयोग र समन्वयबाट अघि बढ्न सकेमा अभिभावक र विद्यार्थी लाभान्वित हुनेमा सबैको मतैक्य थियो ।

२०५५ सालमा स्थापित झापा मेरिगोल्ड अंग्रेजी माविमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ । गत सालदेखि व्यवस्थापन, शिक्षा र मानविकी समूहमा कक्षा ११ शुरु गरिएको थियो । हाल सो विद्यालयमा ९ सय ६० बिद्यार्थी अध्ययनरत् छन् भने ६६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको उच्च मावि तहका शिक्षक त्रिलोचन उप्रेतीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज चम्लागाईको सभापतित्वमा भएको कार्यक्रममा लालपानी मावि शिवसताक्षी–७का प्रधानाध्यापक बालकृष्ण प्रसाई, कुवाडी माविका प्रअ रामनारायण राजवंशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा झापा मेरिगोल्ड अंग्रेजी माविका विव्यस पूर्व अध्यक्ष तीर्थराज खरेल, विव्यस सदस्य तेजबहादुर आचार्य, लालपानी माविका सहायक प्रअ जीवनकुमार ढकाल, भृकुटी मावि दुर्गापुरका शिक्षक राजेन्द्र सिटौला, निर्माण व्यवसायी मानबहादुर पौडेल, जनकल्याण मावि मदरगाछका प्रअ पदमप्रसाद अधिकारी, पूर्व प्रअ कमल पाठक, विद्यालयका अभिभावक संघ एकाइ अध्यक्ष साजनकुमार लिम्बू, सचिव राधा श्रेष्ठ, मेची–महाकाली पैदलयात्री प्रकाशचन्द्र पौडयाल, ब्रिटिस राइजिङ्ग कलेजका प्रिन्सिपल दीपक मैनाली, चम्पापुर माविका सहायक प्रअ रुद्रबहादुर थापा, जनचेतना आधारभूत विद्यालयका विव्यस अध्यक्ष सुमित्रा नेपाल, जनजागृति समूहका अध्यक्ष गोपालकृष्ण भेटवाल, विद्यालय सञ्चालक समिति सदस्य भोलानाथ मैनाली, इन्द्रेणी क्याम्पस विर्तामोडका उपप्राध्यापक सुबोध तिम्सिना, कनकाई आदर्श क्याम्पस विर्तामोडका उपप्राध्यापक कुमार पाठक, वीणा मन्टेशरी सुरुङ्गाका निर्देशक एवम् अंग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, समाजसेवी छत्र कार्की लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका प्रिन्सिपल गोकुल उप्रेतीले औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रम सहायक प्रिन्सिपल बेनुप्रसाद उप्रेतीले सञ्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here