मोटाएर हैरान हुनुहुन्छ ? अपनाउनुस् घरेलु यस्तो उपाय

0
1241

एजेन्सी ,

सबैलाई थाहा भएकै कुरा हो हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर ग्रीन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ ।

यसले शरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएको छ । काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ शरीरले छिटै दोहन गर्ने अध्ययनले जानकारी दिएको छ ।

यस्तै ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मात्र मीठो नभई स्वास्थको लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ ।

ग्रीन टी शरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।

कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै शरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले शरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।

शरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने कार्निटाइन तत्वले शरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन घटाउन मद्दत गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here