प्रदेश १ को तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

0
1115

झापा ।

प्रदेश १ को तराईमा दुई दिन यता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ।

बिहीबार विराटनगरको तापक्रम ३७.८ डिग्री, इटहरी र धरानको ३७ डिग्री पुगेको मौसम विभागले जनाएको छ। तापक्रम बढेपछि बजार तथा सडकमा चहलपहल घटेको छ।

कालोपत्रे गरिएको सडकमा अलकत्रा पग्लन समेत थालेको छ। शुक्रबार बिहानै विराटनगर र इटहरीको तापक्रम ३१ डिग्री पुगेको छ।

बिहानैदेखि नै चर्को घाम लागेकाले दिउँसो तराईका जिल्लाको तापक्रम ३८ डिग्री पुग्ने अनुमान गरेको हावापानी फिल्ड कार्यालय कोशीले जनाएको छ। गर्मीको कारण यस क्षेत्रमा स्वास्थ्य समस्या समेत देखा पर्न थालेको।

गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्ने भएकाले चाँडै गल्ने, सड्ने, कुहिने खालको खाना नखान चिकित्सकको सुझाव छ। अत्याधिक गर्मीका कारण झापाका शहरहरु दिनभर सुनसान जस्तै बनेका छन् । गर्मीकै कारण झापामा एक ब्यक्तिको मृत्यु समेत भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here