भारतको हिमाचलमा बस दुर्घटना ४४ को मृत्यु

0
699

एजेन्सी ।

भारतको हिमाचल प्रदेशको कुल्लुमा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । बस सडकबाट पाँच सय फिट तल नदीमा खसेको बताइएको छ ।

दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार साँझ चार बजे बंजारबाट गाडागुशैणीको लागि छुटेको बस दुई किलोमिटर गुड्न नपाउँदै सडकबाट पाँच सय फिट तल खसेको थियो ।

स्थानीय प्रशासनका अनुसार बसमा ७५ जना सवार थिए, जसमा धेरै विद्यार्थीहरु रहेका थिए । उनीहरु विद्यालयमा भर्ना गरेर फर्किएका थिए ।

बसका चालकले खतरनाक घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री र कांग्रेस अध्यक्ष राहुल गान्धीले शोक प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here