‘म अघि बढ्छु’ अभियानमा दुई लाख विद्यार्थी परिचालित हुने

0
607

विराटनगर।

युवा को ठूलो संख्यालाई परिचालन गरी युवाशक्तिलाई  सकारात्मक मार्गमा हिडाउँने उद्देश्य राखेको ‘म अघि बढ्छु’ कार्यक्रम प्रदेश १ मा सुरु भएको छ ।

सरकारको महत्वकांक्षी अभियानको रुपमा लिइएको सो कार्यक्रम प्रदेशका १४ ओटै जिल्ला सदरमुकामहरुमा मंगलबार विशेष समारोह आयोजना गरेर एकसाथ आरम्भ भएको हो ।

युवाहरुलाई सामाजिक अभियानमा आवद्ध गराउने र दुव्र्यसनमुक्त समाज निर्माणकालागि स्वयंसेवकको रुपमा परिचालन गर्ने अवधारणामा आधारित अभियान सरकारले अत्यन्तै महत्व दिएको छ ।

विराटनगरको जैन भवनको सभाहलमा खचाखच भरिएका युवा विद्यार्थी माझ प्रदेश सरकारका मुख्य, मन्त्री र विशिष्ठ पाहुनाकाबीच कार्यक्रमको औपचारिक आरम्भ गरिएको थियो ।-गोरखापत्र अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here