अब झापामा १० वटा नमूना विद्यालय

0
1559

सुरुङ्गा।

झापामा अब प्रस्तावित नमूना विद्यालयको संख्या १० पुगेको छ । नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै थप ८४ वटा विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोट गरेको छ ।

विभिन्न ६९ जिल्लाका गाउँ तथा नगरपालिकाहरुमा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्यांकन पछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सत्यापनका आधारमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ती विद्यालय छनोटको निर्णय गरेका हुन् ।

छनोटका लागि विद्यार्थी संख्या, विद्यालयको परिसरमा रहेको जग्गा, विगत ३ वर्षको शिक्षण उपलब्धी, शिक्षकहरुको संख्या तथा उनीहरुको योग्यता लगायत भौगोलिक तथा क्षेत्रगत आधारलाई लिइएको थियो ।

यसअघि झापामा ८ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोट गरिएको थियो भने हालको निर्णयले थप २ विद्यालयलाई छनोट गरिएको हो ।

यस अघि कनकाई मावि सुरुङ्गा, हिमालय मावि दमक, प्रगति मावि गौरादह, लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल, डिल्लीराज मावि टाघनडुब्बा, धुलाबारी मावि मेचीनगर, महेन्द्ररत्न मावि विर्तामोड र हल्दीबारी मावि हल्दीबारी नमूना विकासका लागि छनोट भएका थिए । छनोटमा परेका सबै विद्यालयलाई १ करोड ५० लाख रुपैयाँ पहिलो चरणमा आ–आफ्ना गाउँपालिका तथा नगरपालिका मार्फत प्राप्त भइसकेको छ । पछिल्लो निर्णयबाट बुद्ध आदर्श मावि बुधबारे र हिमाली मावि भद्रपुर छनोट भएका हुन् ।

२०७३ सालबाट शुरु भएको विद्यालय क्षेत्र विकास योजनाको अवधि २०७९÷०८० सालसम्म मुलुकभर एक हजार नमूना विद्यालय विकास गर्ने कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५÷०७६ मा ८४ विद्यालयलाई छनोट गरिएको हो । अब मुलुकभरमा अघिल्लो निर्णयबाट २ सय २२ र हाल ८४ गरी ३ सय ६ विद्यालय नमूना विकासका लागि छनोट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here