लागुऔषधसहित चारजना पक्राउ

0
555

उदयपुर,

उदयपुरको त्रियुगा नगरपालिका त्रियुगा १३  असारीको किराँत चोकबाट चारजना लागु औषधसहित पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा शनिबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी बीरबहादुर बुढामगरले पक्राउ परेकाहरूको साथबाट फेनारगन १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र डाइजोल्याप १८ एम्पुल बरामग गरेको बताए।

उनका अनुसार त्रियुगा नपा  १३ बस्ने २२ वर्षीय रबिन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र सोही स्थानकै १५ वर्षीय पक्रादिप सुर्खेती रहेका छन। ‘गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो,’ उनले भने, ‘पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here