विर्तामोडमा नाटक रुवा

0
1312

बिर्तामोड ।

झापाको विर्तामोडमा नाटक रुवा मञ्चनको तयारी गरिएको छ । आर्ट स्टुडियोको प्रस्तुति रहेको नाटक रुवा आगामी साउन १५ गतेदेखि बिर्तामोड २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मञ्चनको तयारी गरिएको नाटकका निर्देशक प्रकाश दाहालले बताए ।

जे शंकरको लेखन तथा प्रकाश दाहालको निर्देशन र सलिल सुबेदीको संगीत रहेको नाटक रुवामा शान्तादेबी पौडेल , माया सिटौला , मेनुका घिमिरे , मुना उप्रेती , कमला संग्रौला , गोमा बिमली र मनिसा सिटौलाको अभिनय रहेको छ । आर्ट स्टुडियोले बिर्तामोड २ चारपानेमा आयोजना गरेको नाट्य कार्यशालामा सहभागी ३४ वर्षदेखि ७२ वर्षसम्मका आमाहरुसंग उनीहरुको जीवन भोगाइ र अनुभबहरुबारे छलफल गरि नाटक रुवा तयार पारेको नाटकका निर्देशक प्रकाश दाहालले बताए ।

नाटकले हामी , हाम्रो इतिहास , संस्कृति , राजनीतिक घटनाक्रम, बैदेशिक रोजगारीको कथा , राजनीतिक परिवर्तन , सामाजिक बिक्षिप्तता, महिला हिंसाको फरक फरक स्वरुप , राजनीतिक अन्धोपनले गरिखाने जनताले भोगिरहेको समस्या, बाल मनोविज्ञान, सडक दुर्घटना जस्ता बिषयवस्तुलाई समेटेको छ – नाटकका निर्देशक प्रकाश दाहालले भने ।

हाम्रो जीवनमा घटेका घटनाहरुको संयोजन नाटक रुवा भएको बताउँदै उनले नाटकमा प्रयोग भएको सेट, बिम्ब र प्रकाशको राम्रो संयोजन भएकाले सबै प्रकारका दर्शकले नाटक रुचाउने जानकारी दिए ।

आर्ट स्टुडियोले यसअघि नाटक लाटीको छोरो निमार्ण गरि सफलतापुर्वक मञ्चन गरिसकेको छ भने बिर्तामोडमा नाटक जीउँदो आकाश , बुधबारेमा फ्लप मंगलबारेमा हिट संयोजन गरि सफलतापुर्वक मञ्चन गरिसकेको छ ।

आगामी साउन १५ गतेदेखि २१ गतेसम्म बिर्तामोड २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा दैनिक तीन सो नाटक रुवा मञ्चन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here