विनोद सापकोटा / झिलझिले ।

झापाको शिवसताक्षीमा बुधबारदेखी शुरु एक नम्वर स्तरिय उपमेयर कप महिला फुटवल नकआउट प्रतियोगिताको उद्धघाटन खेलमा सतासीधाम स्पोटिङ्ग क्लव झापाले बिजय शुरुवात गरेको छ ।
इलामको चुलाचुली महिला फुटवल क्लवलाई ४—०को भारी गोल अन्तरले हराउदै सतासीधाम स्पोटिङ्ग क्लव अघिल्लो चरणमा प्रवेश गरेको हो । जीतको लागि मिना राईले पहिलो २ गोल गरेकी थिईन भने मुना लावती र जमुना आले मगरले १÷१ गोल गरेका थिए ।
मुनाले पहिलो हाफको १५ मिनेटमा जमुनाको क्रस पासमा गोल गर्दे टिमलाई अग्रता दिलाएकी थिईन । दोश्रो हाफको १० औ मिनेटमा मिना राईको पासलाई जमुनाले गोल गर्दे गोल स्कोर दोव्बर बनाएकी थिईन । सोहि हाफको १४ र २९ औ मिनेटमा मिना राईले २ गोल गरेकी थिईन । खेलको म्यान अफदि म्याच बिजेता टिमकी दुईगोल कर्ता मिना राई घोषित भईन । उनले नगद १ हजार पुरस्कार पाएकी छन ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा साउन २२ गते सम्म जारि हुने प्रतियोगिता अन्तर्गत विहीबारको खेल मोरङ्गको उर्लावारी र झापाको पारिजात महिला फुटवल क्लव बिच हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गले बताए । प्रतियोगितामा झापा, ईलाम र मोरङ्गका १० महिला फुटवल टिम सहभागी हुने छन । विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ ।
यस अघिको उद्धघाटन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले नगरलाई बिश्वव्यापी रुपमा चिनाउन खेलकुदको अहम भुमिका रहने वताए । जिल्लामै पहिलो पटक शिवसताक्षीले नगरस्तरिय ओलम्पीक गेम गरेर नगरको नाम उचो राखेको उनले सन्तोष ब्यक्त गरे ।
आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा जग्गा व्यवस्थापन आयोगका अध्यक्ष राधाकृष्ण खनाल, झापा फुटवल संघका अध्यक्ष भगिरथ आले मामा, मदन भण्डारी स्पोर्ट एकाडेमी का केन्द्रिय सदस्य डम्वर अधिकारीले प्रतियोगिताको भव्य सफल्ताको कामना गरेका थिए । आयोजक समितिका सदस्य दिपक भेटवालको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन मा सन्तोष पौडेलले गरेका थिए ।


























