झापाली विद्यार्थीको बैंगलोरमा मृत्यु

0
974

भद्रपुर।

भारतको बैंगलोरमा झापाका एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

भद्रपुर नगरपालिका –८ बस्ने २८ वर्षीय अतिन खड्का मृत अवस्थामा फेला परेको भारतीय प्रहरीले जानकारी गराएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

साउन १९ गते शनिवार राति २ बजे बैंगलोरस्थित गोपीनाथ पेटी पसलभित्र खड्का प्लाष्टिकको डोरी लगाई झुण्डिएको अवस्थामा फेला परेको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पसलका सञ्चालक शिवकुमारले खड्कालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । भारतीय प्रहरीले उनको शव पोस्टमार्टमका लागि बैगलोरस्थित केआर अस्पताल मैसुरुमा पठाएको जनाइएको छ । पोस्टमार्टम पश्चात् अहिले खड्काको शव अस्पतालमै रहेको बताइएको छ । प्रहरी निरीक्षक श्रेष्ठले भने– ‘तीन दिन देखि खड्काको शव लिन उनका परिवारजन नपुगेपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेको हो ।’

खड्काको फोटोसहितको पासपोर्टको फोटोकपी र लेटर भारतीय प्रहरीले नेपाल प्रहरीलाई पठाएको छ । ‘खड्का पढाइको सिलसिलामा भारतको बंैगलोर गएको हुनुपर्छ’– प्रहरी निरीक्षक श्रेष्ठले भने – ‘अहिलेसम्म भद्रपुरमा उनको परिवारजनको पहिचान हुन सकेको छैन, कसैले उनको पहिचान गर्न सके, तत्काल नेपाल प्रहरीसँग समन्वय गर्न अनुरोध गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here