एक करोड ३० लाखमा नर्वदेश्वर सामुदायिक भवन

0
739

सुरुङ्गा ।

कनकाई नगरपालिका–१ जामुनवारीमा एक करोड ३० लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

शुक्रवार उक्त सामुदायिक भवनको छत ढलानको कार्य सम्पन्न भएको छ । नर्वदेश्वर शिवालय मन्दिर संरक्षण समितिको पहलमा निर्माण कार्य अघि बढिरहेको छ । १ हजार मानिस अटाउन सक्ने क्षमताको सो भवन निर्माणमा हालसम्म ७५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

३ वर्षअघि आयोजना गरिएको महापुराणबाट बचत रहेको २२ लाख ५० हजार, १ नं. प्रदेश सरकारबाट १७ लाख, प्रदेश सभा सदस्य माननीय हीराकुमार थापामार्फत प्रदेश सांसद विकास कोषबाट ११ लाख र कनकाई नगरपालिकाबाट ९ लाख रुपैयाँ प्राप्त भइसकेको छ भने अन्य खर्च विभिन्न मनकारी दाताबाट आउने क्रम जारी छ ।

नर्वदेश्वर शिवालय संरक्षण समितिका अध्यक्ष सुलोचना ओलीको विशेष संरक्षकत्वमा स्थानीय समाजसेवी उमाप्रसाद सिटौला अध्यक्ष र युवा व्यवसायी दीपक चापागाई सचिव रहेको नर्वदेश्वर सामुदायिक भवन निर्माण समितिले निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here