‘रङ्गशाला बन्छ’

0
383

दमक।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले कमल गाउँपालिका – ५ मा सुबिधा सम्पन्न रंगशाला र आदिबासी स्मृतिपार्क तथा संग्राहालय बन्नेमा कुनै द्विविधा नभएको बताएका छन् ।

२५ औं अन्तराष्ट्रिय आदिबासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले यस्तो बताएका हुन् । गाँउपालिका – ५ स्थित प्रस्ताबित आदिबासी रंगशालमा भएको कार्यक्रममा मुख्य मन्त्री राईले निर्माणाधीन रंगशालामा देखिएको समस्याको समाधान गर्न प्रदेश सरकारले केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा उनले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, आदिबासी स्मृति पार्क तथा संग्राहलय निर्माणको लागि प्रदेश सरकारबाट यही आर्थिक बर्षमा खर्च हुने गरी २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।

आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको आयोजनामा भएको कार्यक्रममा आदिबासी समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here