नेम्बाङको ७८औं जन्मजयन्ती मनाइयो

0
827

पाँचथर।

फाल्गुनन्द गाउँपालिकामा विविध साहित्यिक कार्यक्रमसहित साहित्यकार अमरकुमार नेम्बाङको ७८औं जन्मजयन्ती मनाइएको छ ।

सेहोनाम्लाङ्ग साहित्य समाज पाँचथरको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको प्रायोजन र हाल दक्षिणी कोरियामा रहेका समाजसेवी भीमराज चेम्जोङको सह–प्रायोजनमा कार्यक्रम भएको थियो ।

साहित्य समाजका अध्यक्ष क्षितिज विरहीको अध्यक्षता तथा गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्राकुमारी आङ्देम्बेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङ, अग्रज साहित्यकार प्रेम ओझा, मधु केरुङ्ग, राम उपाध्याय, सगुन सुसेरा लगायतले नेम्वाङको जीवनीको चर्चा गर्दै कविता र गजल समेत वाचन गरेका थिए ।

त्यस्तै कार्यक्रममा पाँचथरका सन्देश सुब्बा, इलामका बिष्णु संगम, जीतेन्द्र मुस्कानले कविता र झापाकी सुनिता तामाङ, तिलाश्री तिमल्सिना र पाँचथरकी जुनु खतिवडाले गजल बाचन गरेका थिए ।

को हुन् नेम्वाङ ?

स्व.बुबा नरवीर नेम्बाङ र आमाहाङ्मा थाम्सुहाङ नेम्वाङको कोखबाट वि.सं.१९९८ साउन २३ गते जन्मिएका उनी माइला पुत्र पाँचथर जिल्लाको लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने प्रथम व्यक्ति थिए । उनले स्व.राजा वीरेन्द्र शाहसँग भारतको दार्जिलिङमा समेत अध्ययन गरेका उनी २०२७ सालमा त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा एमए गरेका थिए ।

लामो समयसम्म अमेरिका बसोबास गरी पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका उनी पछिल्लो समय समाजसेवा र साहित्य सिर्जनामा व्यस्त थिए । उनका सम्झनाका तरेली, अमेरिकाको भ्रमणका केही सम्झना र एउटा साँझको अवसान जस्ता कृतिहरु प्रकाशित भएका छन् ।

नेपाल सरकारबाट सुप्रवल जनसेवा पदक द्वारा विभुशित भएका उनी पटक–पटक प्रधानपञ्च, गाउँ विकास समितिको अध्यक्ष र स्थानीय चुनाव २०७४ मा जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । नेम्वाङको २०७५ माघ २६ गते कार्यक्रमस्थलमा हृदयघात भई ढलेपछि उपचारमा लैजादै गर्दा बाटोमै निधन भएको थियो ।

नेम्वाङको प्रथम स्मृति दिवस २०७६ माघ २६ गते मनाउने र ‘अमरकुमार नेम्वाङ साहित्य प्रतिष्ठान’ स्थापना गरी स्मृति ग्रन्थ समेत तयार गर्ने योजना रहेको पारिवारिक स्रोतका कवि धर्मेन्द्र नेम्वाङले जानकारी दिए । प्रतिष्ठान मार्फत ग्रामीण भेगमा रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान स्वरुप वार्षिक एक लाख रुपैयाँ प्रदान गरिने उनले बताए ।

सरल, बौद्धिक र असल अभिभावक नेम्वाङको अपूरा सपना र दुरदृष्टि सवैले अनुसरण गर्न सके हरेक क्षेत्र प्रगति हुने कार्यक्रममा सहभागीहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here