सुजुकीको डिलर मिट

0
772

झापा।

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्सले आफ्ना नेपालभरका आधिकारिक बिक्रेताहरुको डिलर मिट सम्पन्न गरेको छ ।

काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन भएको डिलर मिटमा कम्पनीले आफ्ना भावी योजना तथा विगतको कार्यको समिक्षा गरेको थियो । सुजुकीले हाल नेपालभर ५९ वटा स्थानबाट एक साथ बिक्री, स्पेयर्स तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७५÷०७६ मा नेपालभर बाट विभिन्न बिधामा सर्वाेत्कृष्ट डिलरहरुलाई सम्मान गरेको छ । जसमा सर्वाधिक बिक्रीतर्फ न्यू केसी अटोमोबाइल्स तुलसीपुर, गुणस्तर सर्भिसतर्फ बर्दघाट, बिशिस्ट संरचनातर्फ पोखरा र सर्वाधिक स्पेयर्स बिक्रीतर्फ बसुन्धराले हात पार्न सफल भएका छन् ।

त्यस्तै सर्वाधिक बिक्रीको अवार्ड हात पारे पछि न्यू केसीका सञ्चालक प्रेम केसीले कम्पनीले आफूलाई न्याय गरेको र आगामी बर्षमा पनि सर्वाेत्कृष्टताको नतिजा जान नदिनको लागि थप कोशिस गर्न आफूलाई थप चुनौति थपिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here