भ्यानको ठक्करबाट इटहरीमा एक ब्यक्तिको मृत्यु

0
716

सुनसरी ।

पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

मृतकको सनाखत हुन सकेको छैन। इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो।

ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए। भ्यान तीव्र गतिमा रहेकाले अनियन्त्रित भई ती पुरुषलाई ठक्कर दिएको हो।

भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रवीन दुलाललाई प्रहरी नियन्त्रणमा लिएको छ। मृतकको शव सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here