प्रहरी सक्रियतासंगै झापामा अपराधका घटनामा कमी

0
417

पकंज शर्मा/ झापा ।

जिल्ला प्रहरी कार्यालय झापामा अपराधका घटनाहरुमा बिगत बर्ष भन्दा आर्थिक बर्ष ०७५/०७६ मा कमी आएको छ ।

बर्ष ०७४/०७५ मा जिल्ला प्रहरी कार्यालयमा १ हजार ६ सय ८७ बटा मुद्धा दर्ता भएका थिए । त्यस्ता अपराधमा सलंग्न अभियुक्त १ हजार ४ सय ३२ जना पुरुष , २ सय १३ महिला र विदेशी नागरिक ५५ जना पक्राउ परेका छन् ।

आर्थिक बर्ष ०७५/०७६ मा १ हजार ४ सय ६२ वटा मुद्धा दर्ता भएकोमा १ हजार १ सय २२ जना पुरुष, १ सय ४ महिला र ४४ जना विदेशी नागरिक पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार १ सय ४ जना फरार रहेका छन् र झापामा प्रहरी सकृयता बढेको हुनाले अपराधमा कमी आएको बताउछन् ।

गतबर्षको तुलनामा आर्थिक बर्ष ०७५/०७६ मा झापामा झुण्डि आत्महत्या ४० ,जबरजस्ती करणी २९ , जबरजस्ती करणी उद्योग मा ११ र बहुविवाहमा १२ जनाले वृद्धि भएको तथ्याकंमा पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here