दृष्टिविहीनलाई ब्रेल पेपर

0
1053

बिर्तामोड।

अन्तर्राष्ट्रिय युवा दिवस तथा बकर ईदको अबसर पारेर बिर्तामोडका दुईवटा बालक्लवले दृष्टिविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

बिर्तामोड–५ गरामनीमा रहेको सिर्जनशील एकता बालक्लव र उज्यालो मनकामना बालक्लवले संयुक्तरुपमा वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक बिद्यालयमा अध्यनरत् दृष्टीविहीन बिधार्थीहरुलाई ब्रेल पेपर तथा फलफुल प्रदान गरेका हुन् ।

दुर्गा माबिका प्रधानाध्यापक कृष्णप्रसाद पाठक र मनकामना स्कुलका प्रधानाध्यापक केशव ढुङ्गानाले स्थानीय युवा तथा बालबालिकाहरुको सहभागितामा सो सामग्री दृष्टिविहीन बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा वडा नम्बर ९ मा रहेका अपाङ्गता भएका डोलेश्वर राजबंसीलाई सोलारबत्ती समेत वितरण गरिएको थियो ।

केही समय अगाडि स्थानीय अगुवाहरुले उनका लागि आवास समेत निर्माण गरिदिएका थिए । डोलेश्वरलाई सोलार बत्ती प्रदान गर्दै नगर उपप्रमुख पबित्रा महतारा प्रसाईंले सबैले उज्यालोमा बस्न पाउनुपर्ने भन्दै क्लवहरुले गरेको यस कार्यको प्रशंसा गरिन् । उक्त अवसरमा बालबालिकाहरुले राजबंशीलाई फलफूल समेत वितरण गरेका थिए ।

उज्यालो मनकामना बालक्लवकी अध्यक्ष दिक्षा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड– ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वडा नम्बर ९ कि अध्यक्ष पबित्रा पाठक, नगरपालिका अधिकृत देवराज कार्की, नगर कार्यपालिका सदस्य सुरेन राजबंशी लगायतले उक्त कार्यको प्रशंसा गरेका थिए । सिर्जनशील एकता बालक्लवका अध्यक्ष मनिष नेउपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव श्रेया ढुङ्गानाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here