विनोद सापकोटा / झापा ।
झापामा करोडौको लगानीमा सरकारले तोकेको मापदण्ड अनुसारको पानी उध्योग संचालनमा आएको छ । गएको असार १४ देखि झापा लगायत पुर्वका बजारमा पाउन थालिएको पानीको गर्मी बढे संगै मागपनी बढेको उध्योगका संचालकले बताएका छन ।
पुर्वपश्चिम राजमार्गको पाडाजँुगी दक्षीण दुई किलोमिटर दुरीमा रहेको सो उध्योग बाट प्रदेश नम्बर एकमै अध्याधुनिक मेसिन द्धारा प्रसोधन गरिएको पानी उत्पादन हुने गरेको छ । दमक १ का भविन्द्र भण्डारीले कम्तिमा ११ करोडको लागतमा ईष्ट्रन फुड एण्ड बेभरेज कम्पनी दर्ता गरेर ‘बेला’ नामक पिउने पानी बजारमा ल्याएका छन । उनले यस अघि कपी उध्योग संचालन गर्दे थिए ।
कम्पनीले उत्पादन गरेको पानी यतिवेला झापाकै बजारमा खपत हुने गरेको संचालक भण्डारीलले बताए । उनले भने, ‘हाम्रो उध्योगको उत्पादन क्षमता दैनिक ३००० कार्टन हो । तर, विद्युत लगायतका कारणले आधामात्र उत्पादन हुने गरेको छ ।’ पर्याप्त उर्जा हुने हो भने दैनिक ३००० काटन अर्थात ३६००० बोटल पानी उत्पादन हुने गरेको छ । एउटा कार्टनमा १२ वटा वोटल हुन्छ । गाँउमा अध्याधुनिक प्रकृतीको पानी उध्योग संचालनमा आएपछी स्थानीय ४० युवा युवतीले गाउमै रोजगार पाएका छन । स्थानीयले भने, ‘रोजगारकै लागि विदेश जानु परेन ।’
प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गरेपछी पहिलो पटक प्रदेश नम्बर १ मा जर्मन टेक्नोलोजीको उध्योग संचालनमा आएको हो । जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को (क) बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्दे्शिका, २०७४’ जारी गरेको थियो । निर्देशिका जारी भएपछी नै उध्योगका संचालक भण्डारीले उध्योग दर्ता लगायतका प्रकृया शुरु गरेका हुन । खाद्य ऐन तथा नियमावलीको कार्यान्वयन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पिउने पानी संग संमन्धीत निर्देशिकानै जारी गरेको छ ।
विभागबाट अनुमति लिएर उद्योगले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोटल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोटहरूको भण्डारणको लागि पर्याप्त स्थानसहित उध्पयोग पुर्वाधार युक्त रहेको उध्योगका जिएम ठाकुर दत्त जोसीले बताए । उनले भने, ‘कपिपय उध्योगले एउटा कोठामा मात्र पनि पानी उध्योग सञ्चालन गरिरहेका छन । तर, ईष्ट्रन फुड एण्ड बिभरेजले १५ कठ्ठा जग्गामा निर्माण भएको उध्योगबाट पानी उत्पादन गरिरहेको छ ।
पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने पोसाक, उद्योगबाट आउने फोहोर पानी व्यवस्थापनमा उध्योगले ध्यान दिएको संचालक भण्डारीले वताए । ‘हामी सरकारको नियम, कानुन र तोकेको मापदण्ड पुरा गरेर मात्र उत्पादन भएका पानी लिएर बजारमा गएका हौ । उनले भने, बजारको माग देख्दा उत्पादन क्षमता बढाउन आवस्यक देखियो ।’ उध्योग आफैले पानी बजारमा लगेर विक्री नगर्ने उनले वताए । ‘सकेसम्म बेरोजगार समस्या समाधन होस भनेर हरेक बजारमा एक एक वटा डिलर स्थापना गर्दे त्यसैको माध्यमबाट पानी बजारमा पुर्याउने लक्ष्य रहेको रहको छ’ उनले भने ।
उध्योग संग आफ्नै पानीको परिक्षण गर्ने ल्याव छ । संचालक भण्डारीका अनुसार प्रत्येक बोटलको पानीको परिक्षण हुने गरेको छ । उध्योगले जतीपनी बस्तु उत्पादन गर्छ हाईजेनीक सिस्टमबाट उत्पादन गर्ने गरेको छ । उध्योगले बोटल, विक्र्राे, लेवल आफै उत्पादन गर्छ । संचालकले भने, ‘जमिन मुनीको पानी बोटलमा पुगेर प्याकेजिङ्ग हुँदा दुईपटक मात्र कामदारका हातले बोटल छुनु पर्ने हुन्छ ।
लेवल लगाउने र विक्र्रोको शिल लगाउने वाहेक सवै काम मेसिनले गर्दा पानी शुद्धता मा सङ्गकै गर्नु पर्देन ।’ असल उत्पादन अभ्यास (जीएमपी) लाई आधार मानेर सरकारले ल्याएको निर्देशिका अनुसार उद्योगले तोकिएको मापदण्ड अनुसारको पूर्वाधार, सरसफाइ, स्वच्छता, गुणस्तर, अभिलेखिकरण आदिमा ध्यान दिएर भौतिक तथा जैविक गुणसहितको पानीमात्र उत्पादन गर्ने उध्योगले जनाएको छ ।
सरकारले उद्योगलाई पुरा गर्न दिएको मापदण्डमा पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरीन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तिमा टेक्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्न दिएअनुसार गरकेो उद्योगले दाबि गरेको छ ।