काठमाडौं ।

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेल र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । रातोपाटीबाट































