ठूलो परिमाणमा गाँजा सहित तीन पक्राउ

३१ श्रावण २०७६, शुक्रबार मा प्रकाशित

 

झापा, झापाको शिवसताक्षी नगरपालिका – ११ दूधेबाट प्रहरीले ठूलो परिमाणमा गाजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीको टोली र लागू औषध नियन्त्रण व्यूरोले विशेष सुराकीको आधारमा विहीवार राति १२ केजी गाजा र त्यसको कारोवारमा सम्लग्न तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय दिलवहादुर मगर , नरवहादुर मगर र तारावहादुर कुँवर रहेका छन् । प्रहरीले दिलवहादुरको घरबाट ८ केजी, नरवहादुरको घरबाट ३ केजी र कुँवरको घरबमट एक केजी गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरीको टोलीले उनीहरुले पाँचथरको रबिबाट गाँजा खरिद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको सुचनाका आधारमा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले कारोवारीमा सम्लग्न सहित गाँजा वरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here