सेनेटरी प्याड र पेन्टी निःशुल्क

0
810

गौरीगञ्ज।

ग्रामीण क्षेत्रका महिलाहरूलाई स्तन क्यान्सर र पाठेघर सम्बन्धी रोगबाट बच्ने उपायकाबारेमा जनचेतना फैलाउने उद्देश्यले गौरीगञ्जमा सेनेटरी प्याड र पेन्टी वितरण गरिएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ सेविका, लायन्स क्लब अफ माउण्ट एभरेष्ट र लायन्स क्लब अफ दमक युनाइटेडले संयुक्तरूपमा एक सयभन्दा बढी महिलाहरूलाई एक प्याकेट प्याड र दुई थान पेन्टी वितरण गरेको हो ।

महिलाहरूमा महिनावारी हुँदाको अवस्थामा घरेलु प्याड लगाउँदा त्यसबाट हुन सक्ने संक्रमणबाट बच्ने उपाय र प्याड लगाउँदा हुने फाइदाका बारेमा कार्यक्रमका सहभागी महिलाहरूलाई गाउँ–गाउँमा गई त्यसको बारेमा जनचेतना फैलाउन आग्रह गरिएको थियो ।

एरिया को–अर्डिनेटर अजय अग्रवालले महिलाहरूले महिनावारी भएको समयमा त्यसको सही व्यवस्थापन गर्न नसकेर धेरै महिलाहरूको ज्यान गएकोले गौरीगञ्जमा पहिलो पटक प्याड र पेन्टी वितरण गरेको बताए ।

कार्यक्रम को–अर्डिनेटर वसन्त लक्ष्मी उदासले ग्रामीण क्षेत्रका सिमान्तकृत महिलालाई प्याडको प्रयोेग र त्यसको विसर्जनको बारेमा थाहा नहँुदा पाठेघर समस्या भई अकाल मै मृत्य हुने गरेको बताइन् । उनले सुरक्षित प्याड र पेन्टी पाएका महिलाहरूलाई गाउँ–गाउँमा भएका अन्य महिलाहरूलाई पनि यसको उपयोगिताका बारेमा जनचेतना फैलाउन आग्रह गरिन् । अधिकांश महिलाहरूमा पाठेघरको समस्या हुने र स्तन क्यान्सरबाट पीडित हुने देखिएकोले लायन्स क्लबहरूले यस क्षेत्रमा विशेष सहयोग गर्ने गरेको उनले बताइन् ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय महिला सशक्तीकरण गौरीगञ्जकी अध्यक्ष फुलवती राजवंशी, लायन्स क्लब अफ माउण्ट एभरेष्टका अध्यक्ष मनोज अग्रवाल, लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष सन्दीप बस्नेत, दिनेश अग्रवाल, प्रकाश गजमेर, ज्ञानु बुढाथोकी, दीपा अधिकारी, सोेनुु बस्नेत, मैना दाहाल लगायतको आतिथ्य रहेको थियो ।

लायन्स क्लब अफ सेविकाकी प्रेसिडेन्ट रिता बस्नेत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जय श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here