पाँचथरमा लाखे नाच प्रदर्शन

0
880

पाँचथर।

नेपाल सम्वत् ११३८ को उपलक्ष्यमा नेवार समुदायको परम्परागत लाखेनाच फाल्गुनन्द गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा प्रदर्शन गरिएको छ ।

जातीय पहिचान झल्काउने तथा आफ्नो संस्कार संरक्षण गर्ने उद्देश्यले विगत दुई वर्षदेखि नेवाः देय दवूः फाल्गुनन्दको आयोजनामा नाच सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

आर्थिक अभाव तथा युवा पिँढीको लाखे नाच प्रति चासो नहुनाले यो पर्व लोप हुँदै गएको र परम्परा संकटमा परेको हुँदा आगामी दिनमा नियमित गरिने स्थानीय नेवार समुदायका अगुवा राजकुमार श्रेष्ठको भनाइ छ । आवश्यक सामग्रीहरु ढोलक, ठ्यााम्को, सनाई, मजुरा आदि संकलन गर्दै पुर्खाहरुले शुरु गरेको संस्कार जिवित राख्न एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

यसै पर्वका अवसरमा जिल्लास्तरीय समिति नेवाः पुच फिदिम, नेवाः देय दवूः संघ रवि र पाँचथर जिल्लामा रहेका नेवार समुदायका अन्य संघहरुले समेत पर्व मनाएका छन् ।

मखुण्डो पहिरिएर गरिने नृत्य सांस्कृतिक तथा ऐतिहासिक पर्वमा राक्षसको स्वरुपमा बनाइने खप्प, कालिकाको बस्त्रसहित नृत्यकर्मीलाई सिंगारेर लाखे नाच नचाइने गरिन्छ । यसो गर्नाले भूतप्रेत नलाग्ने र मृतकका आत्माले दुःख नदिने नेवार समुदायको विश्वास छ ।

शंखधर साख्वाले काठमाडौं उपत्यकाका गरीब जनताको ऋण असुली गरी चलाएको मौलिक पर्व भएकोले उनलाई नेपाल सम्वत्का प्रवद्र्धकका रूपमा चिनिन्छ । २०५५ सालमा नेपाल सरकारबाट साख्वा राष्ट्रिय विभुती घोषण भएका हुन् । जनै पूर्णिमादेखि शुरु भएको लाखे नाच करिब १५ दिनसम्म मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here