ओखलढुंगा,
ओखलढुंगामा सात वर्षीया बालिका ब लात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुङ गाउँपालिका ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ रहेका छन् ।
उनलाई मंगलबार ब लात्कार गरेको अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर तामाङले ब लत्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती क रणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।































