झापा ।

अष्ट्रेलियामा बस्दै आएका नेपाली भाषी भुटानी सङ्गीतकार किरण विश्वकर्माको नेपाली फ्युजन सङ्गीत ए योद्धा हो ! –ले अमेरिकामा भएको प्रसिद्ध अन्तर्राष्ट्रिय सङ्गीत प्रतियोगिता ग्लोबल म्युजिक अवार्डमा सिल्भर मेडल उपाधि जित्न सफल भएका छन् ।
७२ देशहरूबाट हजारौँ नयाँ सङ्गीत सृजनाहरूमध्ये किरणको नेपाली फ्युजन सङ्गीत पनि छनौटमा पर्न सफल भएको थियो । हालै सम्पन्न भएको परिणाम घोषणामा किरणले वल्र्ड रक फ्युजन र सङ्गीत संरचनामा सिल्भर मेडलको उपाधि जितेका हुन् ।
यसरी नै बेलायतमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सङ्गीत प्रतियोगितामा पनि निर्णायकहरूबाट पाँच स्टार ल्याएर उत्कृष्ट सृजनाको उपाधि पाउन सफल भएका छन् । उपाधि प्राप्त गरेपछि किरणल भने– ‘मेरो लागि त एउटा नेपाली सङ्गीत अन्तर्राष्ट्रिय सङ्गीत प्रतियोगितामा छनौट हुनु नै ठुलो कुरा थियो, तर दुईवटा उत्कृष्ट अन्तर्राष्ट्रिय सङ्गीत प्रतियोगितामा एउटा नेपाली फ्युजन सङ्गीतले मान्यता पाउनु मेरो लागि एउटा ठुलो सपनाको सानो उपलब्धि हो । सङ्गीतमार्फत् नेपाली भाषीको एउटा सानोभन्दा सानो परिचय दिने अवसरको खोजीमा छु ।’

किरणको फ्युजन सङ्गीत ए योद्धा हो ! नेपाली पारम्परिक सङ्गीतभन्दा भिन्नै छ । भुटानी अमेरिकन मुक्ति गुरूङले सबै नेपाली भाषालाई समर्पित गरेर लेखेको कवितालाई किरणले पूर्वी सङ्गीत र पश्चिमी सङ्गीतको उत्कृष्ट फ्युजनमार्फत् अनेकतामा एकताको सन्देश दिएका छन् ।
यस सङ्गीतमा बजेको बाँसुरी, मादल, हारमोनियम र तबलाले पूर्वीय संस्कृति र नेपालीपन झल्काएको पाइन्छ । उनले झापाको वुद्धशान्तिमा रहेको गणेशमाविका गरिब तथाच जेहेन्दार विद्यार्थीलाई शैक्षिक समाग्री र स्काउटका विद्यार्थीलाई स्काउटका सामग्री प्रदान गर्दै आएको झापा जिल्ला स्काउटका आयुक्त गंगाराम राईले जानकारीदिए ।
आफू अष्ट्रेलियामा रहेपनि अझैपनि आफूले मन नेपालमै रहेको उल्लेख गरे ।


























