पशुपालक किसानलाई सुत्केरी भत्ता

0
884

हल्दिवारी।

हल्दिवारी गाउँपालिकाले पशुपालक किसानलाई सुत्केरी भत्ता वितरण गरेको छ ।

गाउँपालिकाकी पशु शाखा प्रमुख सानुमाया श्रेष्ठका अनुसार गाउँपालिकाले दूग्ध उत्पादन बढाउनको लागि कृत्रिम गर्भधारण (उन्नत नश्ल सुधार) योजना अगाडि बढाएको छ । कृत्रिम गर्भधारण गराई गाईभैंसी सुत्केरी भएपछि किसानले सुत्केरी भत्ता बापत नगद एक हजार पाउने गरेको श्रेष्ठले बताइन् ।

गाउँपालिकाले कृत्रिम गर्भधारण गराई पशुपालक किसानलाई दूग्ध उत्पादन गरी आत्मनिर्भर बन्न गत मंसीरदेखि सुत्केरी भत्ता योजना कार्यान्वयनमा ल्याएको र असारसम्ममा दुई सय ७५ जनाले सुत्केरी भत्ता लिएको पशुशाखा प्रमुख श्रेष्ठले बताइन् ।

श्रेष्ठका अनुसार गत आर्थिक बर्ष ०७५÷०७६मा एक हजार एक सय ९७ जना तथा चालू आर्थिक बर्ष ०७६÷०७७ को भदौ ५ सम्ममा २७ जना किसानले आफूले पालेका गाईभैंसीलाई कृत्रिम गर्भधारण गराएका छन् ।

गाउँपालिकाले किसानको जीवन उकास्ने योजना अन्तर्गत गतआर्थिक बर्षमा ‘हल्दिवारीको बाचा झापा भरी माछा’ भन्ने कार्यक्रम अन्तर्गत ६० लाख बिनियोजन गरी बितरण गरेको बताइएको छ । त्यस्तै मासुमा आत्मनिर्भर बनाउन बोयर जातको ५० हजारदेखि १ लाखसम्मका बोका समेत १७ जना किसानलाई बितरण गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here