थेगिमको ‘घुम्नलाई जाउँ इलाम’

0
628

हाल दक्षिण कोरियामा रोजगारीका शिलसिलामा रहेका टीका थेगिमको शब्द रचनामा ‘घुम्नलाई जाउ इलाम’नामक म्युजिक भिडियो रिलिज भएको छ ।

निशान सुब्बाको निर्देशनमा पोष्ट प्रोडक्सन ग्लोरी मिडियाले तयार गरेको भिडियो युट्युव मार्फत रिलिज भएको हो । उत्तमजंग लिम्बूको संगीत, अन्नु चौधरीको स्वर रहेको भिडियोमा मोडल परीक्षा थाम्सुहाङ लिम्बूले अभिनय गरेकी छिन् । यसको अडियो रेकर्ड अजय कार्कीले गरेका छन् । त्यस्तै, कोरसमा सन्ध्या भण्डारी, बिना माझी, यशोधा माझी र सल्मा माझीले अभिनय गरेका छन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई केन्द्रित गर्दै पूर्वी नेपालको १ नम्बर प्रदेश अन्तर्गत पहाडको रानी भनेर चिनिने कन्याम इलामको पर्यटकिय गन्तव्यको प्रचार–प्रसारमा सहयोग गर्ने उद्देश्यले शब्द मार्फत यहाँको वर्णन गरी म्युजिक भिडियो तयार गरिएको रचनाकार थेगिम बताउँछन् ।

इलाम जिल्लाका विभिन्न सुन्दर स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियोले ओझेलमा परेका प्राकृतिक पर्यटकीय गन्तव्यहरु दर्शकका नजरमा पु¥याउन खोजेको उनले बताए । मनोरञ्जनका साथमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण वृद्धि गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने उनको दाबी छ ।

इलाम फाकफोकथुम–१ निवासी थेगिम सामाजिक कार्यमा पनि अग्रसर छन् । बाढीपीडित, आगलागीपीडित, विद्यालय, खेलकुद क्षेत्र साथै निम्न आर्थिक अवस्था भएका विरामी र समस्यमा परेका साथीहरुलाई उनको अगुवाईमा आर्थिक संकलन गरी सहयोग गर्दै आएका छन् ।

सामाजिक अभियान्ताको रुपमा समेत परिचित उनले विगत आधा दशकदेखि निरन्तर गीत–संगीतमा सक्रिय भूमिका निर्वाह गर्दै ‘ढकमक्क गुराँस फुल्यो’ भन्ने बोलको गीत पनि यस अघि सार्वजनिक गरिसकेका छन् ।

प्रस्तुतिः युद्धबहादुर बोहोरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here