मलाई भिलेनको भुमिका निभाउन मन छ – करिना कपुर

0
1222

मुम्बई ।

बलिउड अभिनेत्री करिना कपुरले अहिले निर्वाह गरेको भन्दा फरक चरित्र निभाउने योजना भएको बताएकी छन् । अहिले आफूलाई विभिन्न फिल्मबाट नायिकाको भूमिकामा प्रस्ताव आएको यी अभिनेत्रीको भनाइ छ ।

नयाँ फिल्मको छायांकनमा व्यस्त रहेकी करिनाले आफू फिल्ममा शीर्ष तर नकारात्मक भूमिका निर्वाह गर्ने पक्षमा भएको बताएकी छन् ।

यस्तो भूमिकाको प्रस्ताव आफूलाई नआएको पनि यी अभिनेत्रीको कथन छ । दर्शकले कलाकारलाई सधंै फरक भूमिकामा देख्न रुचाउने भएकाले दर्शकको चाहनालाई ध्यानमा राखेर आफू नकारात्मक भूमिका निर्वाह गर्ने पक्षमा रहेको करिनाले बताएकी छन् । राजधानी दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here