२५ बडीविल्डर छानिए

0
1125

बिर्तामोड।

ग्यालेक्सी फिटनेसको आयोजनामा बिर्तामोडमा भइरहेको प्रदेश नं. १ स्तरीय दोस्रो मिष्टर ग्यालेक्सी शारीरिक सुगठन प्रतियोगितामा शुक्रबार २५ जना बडीविल्डर छनौट भएका छन् ।

शुक्रबार बिर्तामोडमा भएको प्रिजजिङ प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी वजन समूहका प्रदेश नं. १ का १४ वटा जिल्लाका २५ वटा फिटनेश क्लवहरुबाट सहभागी ५० जना बडीविल्डरहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिताको प्रत्येक वजन समूहबाट पाँच–पाँच जनाका दरले २५ जना बडीविल्डर छनौट भएको आयोजक समितिका कोषाध्यक्ष तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना मगर लाफाले जानकारी दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक प्रतापकाजी वरियाको संयोजनमा प्रमुख निर्णायक अन्तर्राष्ट्रिय निर्णायक पुष्पकुमार श्रेष्ठ, राष्ट्रिय निर्णायकहरु अनिललाल श्रेष्ठ, प्रेम खड्का, सोम पोखरेल, अशोक पाठक, क्षेत्रीय निर्णायक बाबुकाजी मानन्धर लगायतले बडीविल्डरहरुको छनौट गरेका थिए । प्रतियोगिताको मार्शल किरण राईले गरेका थिए ।

उक्त प्रतियोगितामा दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार पुरस्कार प्रदान गरिने बताइएको छ । प्रत्येक वजन समूहका विजेतालाई आज बिर्तामोडस्थित अग्रसेन भवनमा हुने ओभरअल फाइनल राउण्डमा समावेश गराइएको आयोजक समितिले जनाएको छ ।

उक्त प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने विजेता खेलाडीलाई नगद एक लाख र अशोक इकुप्मेन्टबाट इलेक्ट्रियल ट्रेड मिल लगायत विभिन्न उपहारसहित सम्मान गरिने, ओभरअल च्याम्पियनतर्फ दोस्रो हुने खेलाडीलाई नगद ५० हजार, तेस्रो हुने खेलाडीलाई नगद ४० हजार, चौथो हुने खेलाडीलाई नगद ३० हजार र पाँचौं हुने खेलाडीलाई नगद २० हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए ।

त्यसैगरी बेष्ट पोजरले नगद १० हजार, मोस्ट मस्क्यूलरले नगद १० नगद प्राप्त गर्ने ग्यालेक्सी फिटनेसका सञ्चालक सन्दिप शेर्माले बताए । मूल आयोजक समितिका अध्यक्ष आशिष वनको अध्यक्षता तथा प्रतियोगिताका सल्लाहकार दीपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव केशवकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here