चेम्बर अफ कमर्समा ओमकृष्ण

0
660

विर्तामोड ।

नेपाल चेम्बर अफ कमर्स झापा शाखाको अध्यक्षमा बिर्तामोडका प्रतिष्ठित व्यवसायी ओमकृष्ण बिमली चयन भएका छन् ।

स्थानीय सिटी पार्टी प्यालेसमा सोमबार सम्पन्न चेम्बर अफ कमर्स झापाको प्रथम साधारणसभाले अध्यक्षमा विमलीलाई सर्वसम्मत चयन गरेको हो ।

ॐ पाथीभरा ट्रेडर्सका सञ्चालक बिमली अलैंची व्यापारका अग्रणी व्यवसायी हुन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका पूर्व महासचिव पनि हुन् ।

संस्थाका अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले १८ सदस्यीय कार्यसमतिको सबै पदहरु सर्वसम्मत चयन गरेको छ ।

आगामी तीनवर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराई, उद्योग उपाध्यक्षमा दीपेन्द्र राउत, वाणिज्य उपाध्यक्षमा यमनाथ विमली, महासचिवमा प्रदीप खरेल, कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता, उद्योग सचिवमा प्रेमा भट्टराई, वाणिज्य सचिवमा बिरोध सुवेदी रहेका छन् भने सदस्यमा विष्णुप्रसाद आचार्य, शीला ढकाल, गणेश पाठक (सुवोध), टंकप्रसाद भट्टराई, लक्ष्मी बस्नेत, मनोजकुमार अग्रवाल, अर्जुन चुडाल, धरणी पोखरेल, लीला चिमरिया र कृष्ण राजभण्डारी रहेको निर्वाचन अधिकृत शिवकुमार अग्रवालले जानकारी दिए ।

महासचिव सुवास भट्टराईले सञ्चालन गरेको साधारणसभाको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले गरेकी थिइन् । वरिष्ठ उपाध्यक्ष गणेश सुवेदीले स्वागत गरेको साधारणसभामा बोल्दै प्रमुख अतिथि निरौलाले समृद्ध नेपाल निर्माणमा निजी आर्थिक क्षेत्रको योगदान अपरिहार्य रहेकोले आर्थिक विकासमा लागीपर्न उद्योगी–व्यवसायीलाई आग्रह गरिन् ।

चेम्बर अफ कमर्स प्रदेश नं. १का अध्यक्ष राजेन्द्रकुमार घिमिरेले सरकारले आयातलाई प्रतिस्थापन गर्न नसकेको भन्दै निर्यात बढाउने खालका योजना ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाई, चेम्बर अफ कमर्स अर्जुनधाराका अध्यक्ष पुष्पराज रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here