ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ द्धारा यूएईमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया 

0
690
सुर्य खवास/ युएई,
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ यूएईमा हुँदै गरेको वर्ल्ड इनर्जी कंग्रेसको २४औँ विश्व सम्मेलनमा सहभागी हुन ५ सदस्यीय टोलिका साथ युएई आउनु भएको हो ।
यसै क्रममा मंगलबार मन्त्री पुन ले युएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । नेपाली राजदूतावास आबुधावीमा सम्पन्न छलफलमा उनले प्रवासी नेपालीहरूलाई स्वदेशमा नै लगानी गर्न अनुरोध गरे। मन्त्री पुनले उर्जा क्षेत्रमा नेपालमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्था अनुसार लगानी गर्न समेत  सबैलाई आग्रह गरे।
उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरि उर्जा मन्त्रालयले “रेमिट हाईड्रो” सुरुवात गर्ने तयारी गरेको बताउदै जनतालाई जलविद्युतसँग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम ‘नेपालको पानी, जनताको लगानी’ समेत सञ्चालनमा ल्याएको जानकारी दिए ।
मन्त्री पुनले देश विकासमा फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपार्ने हुँदा देशको विकास र समृद्धि सबै विचारका नागरिकलाई सहभागी हुन आग्रह गर्दै युएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा सबैलाई धन्यवाद दिनु भयो ।
सरकारले भ्रमण वर्ष २०२० घोषणा सँगै २० लाख पर्यटक भित्र्याउन सरकारले पुर्वाधारको तयारी गरिरहेको जानकारी गराउदै सबैलाई  सहयोग गर्न आग्रह समेत गरे । विदेशमा रहेको नेपाली राजदूतवास प्रबासी नेपाली नागरिकहरूको अभिभावक भएकोले  सुरक्षा र सहयोगमा ध्यान पुर्याउनुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा उपस्थित नेपाली समुदायका प्रतिनिधिहरुले नेपालमा लगानी गर्ने बिषयमा आ–आफ्ना भनाइहरु राखेका थिए। वर्ल्ड इनर्जी कंग्रेसको २४ औँ विश्व सम्मेलन गत सोमबारदेखि आबुधाबीको प्रदर्शनी सेन्टरमा शुरू भएको सम्मेलनमा ७० देशका ऊर्जा मन्त्रीहरुको सहभागिता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरु सहभागी छन् ।
१ सय ५० देशको सहभागिता रहेको सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पूर्वाधार, ऊर्जा उत्पादन, वैकल्पिक उर्जा, नवीकरणीय उर्जा र ग्रिड प्रविधिको विषयमा छलफल हुनेछ । मन्त्री पुनसहित ५ सदस्यीय टोली बिहिवार नेपाल फर्कने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here