‘सहारामाथिको आक्रमण निन्दनीय’

0
521

बिर्तामोड।

जिल्ला सहकारी संघ झापाले सहारा नेपाल सहकारी संस्था लिमिटेडको निर्माणाधीन भवनमा भएको बम विस्फोटको घटनाको निन्दा र भत्र्सना गरेको छ ।

संस्थाले बुधवार विज्ञप्ति जारी गर्दै सहकारी संस्थामाथिको आक्रमण निन्दनीय भएको भन्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष गणेश ढकालले विज्ञप्तिमार्फत अब उपरान्त यस्ता घटना नघटाउन र नगर्न सचेत गराउँदै सहकारीमाथिको आक्रमण तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेका छन् ।

१० वर्षे सशस्त्र युद्धकालमा समेत सहकारीमा आक्रमण नभएको यथार्थ बिर्सिएर अभियानको एउटा अग्रणी संस्था माथिको बम हमला नेपालका ६५ लाख सदस्यमाथिकै हमलाका रुपमा सहकारी अभियानले लिएको विज्ञप्तिमा उल्लेख छ । ‘सहारा नेपाल अत्यन्त न्यून आय भएका सदस्यहरु बीच महिला सशक्तिकरण, स्वरोजगार सिर्जना, उद्यमशिलताको विकास गरी बिगत २ दशकदेखि कार्य गर्दै आइरहेको संस्था हो– विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सदस्यमाझ राहत, सहयोगका विभिन्न कार्यक्रम गर्ने नेपालकै ठूलो संस्था भएको जनाउँदै संस्थाले गर्ने कुनै कार्यक्रममा सुधार गर्नुपर्ने भएमा सोबारे जानकारी र छलफल समेत नगरी एकाएक बम बिष्फोट गराउने कार्य निन्दनीय भएको उल्लेख छ ।

प्रदेश नं. १का ६ वटा जिल्ला कार्यक्षेत्र भएको, १ लाख ५० हजार सदस्य बनाई गरीब, विपन्न तथा मध्यमस्तरका नागरिकमाझ वित्तीय साक्षरतासहितको वित्तीय पहुँच, शिक्षा, स्वास्थ्यमा सहयोगसहित विभिन्न सामाजिक क्षेत्रमा समेत काम गरिरहेको सहारा नेपालले संस्थागत पुँजी निर्माण गर्दै आमसदस्यलाई उत्पादन, बजार र उद्योगमा जोड्ने अभियानमा लागिरहेको कसैले बिर्सन नहुने विज्ञप्तिमा जनाइएको छ ।यसरी नै सहाराको भवनमा गराइएको बम विस्फोटनको घटनाप्रति आपत्ति जनाउँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले घोर भत्र्सना गरेको छ ।

संघका अध्यक्ष डीबी बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा सदस्यहरुको स–सानो पुँजी संकलन गरी सदस्यहरुकै हितमा काम गर्ने उद्देश्यसहित सञ्चालित सहकारी संस्थामा भएको निन्दनीय कार्यप्रति साकोस अभियान र संघको तर्फबाट घोर निन्दा एवम् भत्र्सना गर्दछौं भनिएको छ । विज्ञप्तिमार्फत साकोस अभियानको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि नेफ्स्कूनले सरकारसँग माग पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here