युवा पुस्तामा दलित आन्दोलनको नेतृत्व गर्ने अगुवा हुन् बीरबहादुर दर्नाल (बीरु) । उनले दलित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अबको समय बौद्धिक हो उनी भन्छन्– ‘हामी दलित विगतदेखि अहिलेसम्म पनि थिचिएर बस्न बाध्य छौं, समाजमा अझै पनि दलितलाई हेयका दृष्टिले हेर्ने सोचमा परिर्वतन आएको छैन ।
पछिल्लो पुस्ताले दलित समुदायलाई बुझे पनि अघिल्लो पुस्ताले दलित समुदायलाई अझै पनि तल्लो दर्जामा नै राखेको पाइन्छ । यसलाई चिर्न जरुरी छ । किनकि हामी दलितको पनि इतिहास हेर्ने हो भने नेपाल एकीकरणको समयमा हाम्रो भूमिका महत्वपूर्ण छ । हो हामी पेशाले दलित भयौं’ –दर्नाल भन्छन्– ‘कर्मले हामी श्रेष्ठ छौं । मन्दिरमा राखिने मूर्ति बनाउने दलित, त्रिशुल बनाउने दलित, घण्टी बनाउने दलित, मन्दिरभित्र सुन्दर कलाकौशल भर्ने दलित तर त्यही दलितलाई अझै पनि कतिपय ठाउँमा मन्दिर प्रवेशममै रोक लगाइन्छ ।’
बिसे नगर्चीको उदाहरण दिँदै उनले भने– ‘तत्कालीन राजा पृथ्वीनारायण शाहको राज्य एकीकरणको समयमा विसे नगर्चीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पृथ्वीनारायण साहलाई एकीकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका बेला उनैले थोरै–थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने एउटा उदाहरणसहित सिकाएका थिए । बिसेले आफूसँग भएको आठआनाको ढक्का आन्दोलनका लागि हतियार किन्न खर्च दिएर गोरखाको तत्कालीन दुई हजार पाँच सय घरबाट यथासक्दो सहयोग जुटाउन आह्वान गर्न सिकाएका थिए । यस घटनाबाट प्रभावित राजा पृथ्वीनारायण शाहले बिसेलाई सधै उच्च मूल्याङ्कन गरेका थिए ।
एक विलक्षण प्रतिभा, इतिहास पुरुष, अमर ब्यक्तित्व, बिसे नगर्ची गोरखा राज्य विस्तार गर्न सहयोग गर्ने सल्लाहकार, योजनाविद्, आर्थिक जोहो गराउन सल्लाह दिने कुशल व्यक्तित्व थिए । बीरुले भने– ‘त्यो बेला दलितको कुरा थिएन । कहाँबाट छि¥यो दलित शब्द ?’ –उनले प्रतिप्रश्न गरे– ‘बडामहाराजको काशी यात्रा गर्दा अर्थको जोहो गराउने प्रमुख सल्लाहकार पनि यिनै थिए । यदि ऊ दलित हुँदो हो त राजाको कसरी सल्लाहकारका रुपमा दरवारमा रहन सक्थे ।’ –उनले भने– ‘नेपाल एकीकरणको अभियानले बिसे नगर्ची, धार्ने कामी, कालू सार्की तथा मणिराम गाइने आदिको महत्वपूर्ण योगदान समेटेको छ । त्यहीबाट थाह हुन्छ हामी सोचले दलित भएका हौं भाग्यले र कर्ममा होइन ।’
झापामा गोर्खा फाउण्डेशन सञ्चालन गरेर सेवामा जुटेका उनी अहिले सबैका प्रिय छन् । पेशाले व्यवसायी भएपनि उनी सेवामा निरन्तर लागि रहन्छन् । वीरता जेसीजमा रहँदा उनले सिकेका छन्– मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो । जेसीजको यही मूल मन्त्रलाई आत्मसाथ गरेर हिँड्ने बीरुले व्यवसाय मार्फत पनि आफ्नो छुट्टै छवि बनाएका छन् ।
गोर्खा फाउण्डेशन मार्फत नै उनले बिर्तामोडमा बिगत तीन वर्षदेखि गोर्खा टेलरिङ सञ्चालन गर्दै आएका छन् । जसलाई उनले राष्ट्रिय पोशाकलय नै बनाएका छन् ।
यहाँ नेपाली पोशाक तयार गरेर उनले झण्डै पाँच हजारभन्दा बढीलाई प्रदान गरेका छन् । यो वर्षभरी राष्ट्रिय पोशाक वर्ष मनाउने सोच बनाएका दर्नालले आफ्नो व्यवसायलाई निरन्तर बढाउँदै लैजाने बताए । उनले तीन वर्षभित्र काठमाडौंमा समेत फाउण्डेशनको शाखा खोल्ने र पूर्वको पहिचान झल्काउने काम गर्ने बताए ।
फरकशैलीमा काम गर्न रुचाउने उनी कमाउनुपर्छ कमाएको केही हिस्सा समाजका लागि पनि छुट्याउनु पर्छ अनि मात्र सन्तुष्टि मिल्छ भन्छन् । ‘समाजसेवा गर्न पहिला आफूसँग हुनुपर्छ, नाम मात्रको समाजसेवी भएर हुँदैन, जसका लागि आफूसँग केही हुनुपर्छ र मात्रै दिन सकिन्छ ।’
उसो त बीरुसँग प्रशस्तै धन भएर समाजसेवी भएका भने होइनन् । उनीसँग कला छ, अरुभन्दा फरक छ नेतृत्व गर्ने तरिका । कार्यसम्पादनको शैली नै फरक छ । जसका कारण उनको प्रगति दिनानुदिन बढ्दो छ । व्यवसाय गर्दा आफूमात्र कमाउ र आफू मात्र रमाउ भन्ने सोच उनमा पटक्कै छैन । गोर्खा फाउण्डेशन सञ्चालन गरेका उनले समाजमा नयाँ केही गर्नुपर्छ र अरुलाई पनि केही गर्न प्रोत्साहन गर्नुपर्छ भन्ने सोच राखेर यस वर्षबाट तीन बटा सम्मान स्थापना गरेका छन् । जुन सम्मान स्थानीयस्तरदेखि राष्ट्रिय स्तरसम्मको रहेको छ । उनले गोर्खा गौरव सम्मान झापा, समाजसेवी काले दमाई सम्मान प्रदेशस्तरीय र विसे नगर्ची राष्ट्रिय समपर्ण सम्मान राष्ट्रियस्तरको स्थापना गरेका छन् । जुन सम्मान गोर्खा फाउण्डेशनद्वारा स्थापना गरिएको दर्नालले बताए ।
एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने सोचका साथ कोष स्थापना गरिने बताइएको छ । सम्मान स्थापनाको अर्थ बुझाउँदै उनले भने– ‘समाजमा दतिलहरु बिसे नगर्ची, काले दमाई जस्ता व्यक्तिहरु पनि छन् । उनीहरुले समाजका लागि केही गरेका छन् । तर, मनभित्रको दलित शब्दले उनीहरुलाई बाहिर निस्कने अवसर दिएको छैन । उनीहरुभित्रको दलित भन्ने सोच हटाउँदै समाजका लागि केही गर्ने बातावरण सृजना गर्न र समाजलाई केही योगदान पु¥याउन प्रेरित गर्न सम्मान स्थापना गरिएको हो ।’
को थिए बिसे, किन सम्झिए बीरुले उनलाई ?
बिसे नगर्चीको जन्म वि.स. १७७५ तीर गोर्खामै भएको थियो । गोरखा दरबारका त्यस्ता नगर्ची थिए जसको उपस्थिति दरवारको भारदारी सभा तथा कर्मचारी नियुक्ति गर्दा समेत सल्लाह सुझावको लागि हुने गथ्र्यो ।
दोश्रो नुवाकोट हमला, महेश्वर पन्तको सेनापतित्वमा गरिँदा हारखाई भएको बिशाल धनजनको क्षतिप्रति चिन्तित २० बर्षे ठिटो महाराजलाई सान्त्वना दिएर जुक्ति सिकाउँदै नुवाकोट माथिको तेश्रो हमला तथा एकीकरण अभियान सञ्चालन गर्न र हातहतियारको सुदृढीकरण गर्न सुझाउने बिसे नै थिए ।
खर्चबर्चको जोहोका लागि सोचमा डुबेका राजालाई बिसेले गोर्खा राज्यभित्र रहेका घरधुरीबाट रुपैयाँ सहयोग जुटाई काशीबाट हतियार र बारुद ल्याउन सल्लाह दिएका थिए । कालु पाण्डेलाई गोर्खा दरबारको काजी बनाउन सल्लाह दिनेदेखि राजगुरु हर्ष मिश्रलाई काशी लिएर गई हातहतियार, बारुद खरखजाना ल्याउन सरसल्लाह दिनेमा यिनको ठूलो भूमिका थियो ।
तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भई युद्धमा सामेल भएका थिए भने नुवाकोट विजय भई सकेपछि यी बुढा महाराजसँगै अन्तरिम राजधानी नुवाकोट मै बसेकै थिए । नेपाल एकीकरणका समयमा विसेले पु¥याएको योगदानको सम्मान गर्दै उनले सधै बिसेलाई सम्झने गरेका छन् ।
‘पुरानो कोट ल्याउ नया कोट लैजाउ’
सामान्यतया सवारीको एक्सचेन्ज हुन्छ । कोटको पनि एक्सचेन्ज हुन्छ भन्दा पत्याार नलाग्न सक्छ । तर, बीरुले यसपटकको चार्डपर्वलाई लक्षित गर्दै कोट एसचेन्ज अफर सञ्चालन गरेका छन् ।
घरमा थन्किएर रहेका कोटलाई सदुपयोग गर्दै नयाँ कोट लान सकिन्छ जसका लागि गोर्खामा आउनुप¥यो बीरुले भने– ‘गोर्खा आउँदा पुरानो कोट लिएर आउनुहोस्, नयाँ कोट लिएर जानुहोस् ।’
संखुवासभाको अल्लो र खाडी गोर्खामा
पछिल्लो समय अल्लो र खाडीका पोशाकमा युवाको आकर्षण बढ्दो छ । पश्चिमी संस्कृतिको देखासिकी गर्ने क्रम बढे पनि युवापुस्ताको बिस्तारै राष्ट्रिय पोशाक प्रति आकर्षण बढ्न थालेको छ ।
जसका कारण बीरुको गोर्खा टेलरिङमा खाडीका दौरासुरुवाल र अल्लोको कोटको व्यापार पनि फष्टाउँदै गएको छ । सबैले माया गरेका छन् बीरु भन्छन्– ‘हिजोसम्म राष्ट्रिय पोशाक के हो भन्ने युवा पनि अहिले दौरासुरुवाल सिलाउनु प¥यो भन्दै आउँदा खुशी लाग्छ ।’