वाल दिवसमा मोहनमायाको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
1148

 

बिर्तामोड,
मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

वाल दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रमकाबीच अभिभावक शिक्षक संघका अध्यक्ष देवीप्रसाद गिरीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७५÷ ०७६ को आय व्यय तीन करोड २५ लाख ४९ हजार चार सय ९२ रुपैयाँ दश पैसा वरावरको आम्दानी तर्फ र तीन करोड ११ लाख २३ हजार ६ सय ११ रुपैयाँ ५५ पैसाको खर्च विवरण सार्वजनिक गरिएको थियो ।

बिर्तामोड नगरपालिका वडा नम्वर २ का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

विद्यालयका परीक्षा विभाग प्रमुख भेषराज चम्लागाईले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधि र भावी योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

पछिल्लो समय मोहनमाया मावि विद्यार्थीको रोजाईमा परेको भन्दै विद्यालयमा अझैं पनि भौतिक संरचना, प्राविधिक शिक्षाका लागि आवश्यक उपकरणको अभाव रहेको बताउँदै अभावका बीचमा पनि विद्यालयले शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा फड्को मारेको बताउनुभयो । विद्यालयले प्रविधिमैत्री शिक्षाका लागि जोड दिएको बताउँदै गत वर्षबाट डिप्लोमा सिभिल इन्जिनियरिङकक्षाका पढाई समेत शुरु भएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।

दिवसको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक र नृत्य प्रस्तुत गर्दै आफ्नो कला कौशल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखाका केशरवहादुर खवास, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष छविलाल खतिवडा, विद्यार्थीका तर्फबाट पुनम अधिकारी लयागतले बोल्लुभएको विद्यालयका शिक्षक ज्ञानेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भवानीप्रसाद राजवंशीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here