काँकरभिट्टा वसपार्कमा यात्रु सहायता कक्ष स्थापना

0
865

मेचीनगर,

नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्व तथा नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टार र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले स्थापना गरेको यात्रु सहायता कक्षको शनिबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभयो ।

सहायता कक्षमा प्रहरी वस्ने तथा लामो र छोटो दुरीमा सम्म जाने कुनै यात्रुलाई समस्या भए तत्काल त्यहा रहने प्रहरीले समाधान गर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिनुभयो ।

काँकरभिट्टा बसपार्कबाट देशका विभिन्न भाग सम्म सवारी साधन चल्ने भएकाले यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।

यात्रु सहायता कक्ष स्थापनापछि हरेक यात्रुलाई समस्या नहुने नगर प्रमुख विमल आचार्यले विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरका हरेक व्यवसायी सवारी साधनका धनी चालक सहचालक सहित सवै कर्मचारीहरुलाई आफ्नो पेशालाई मर्यादित बनाएर यात्रुमैत्री व्यवहार गर्न जोड दिनुभयो ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले सवारी दुर्घटना कम गर्न सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका वडानम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर अध्यक्ष खडानन्द भण्डारी, मेची बस व्यवसायी प्रालिका उपाध्यक्ष विष्णु श्रेष्ठ, होटल व्यवासयी महासंघका केन्द्रीय सदस्य राजु अधिकारीलगायतले यो कामको प्रशंसा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here