पूर्वाञ्चल क्यान्सर अस्पतालले मंसिरबाट सेवा प्रवाह गर्ने

0
901

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले आगामी मंसिर–१ गतेबाट ओपिडी सेवा शुरुगर्ने भएको छ ।

सन् २०२०को जनवरीदेखि सम्पूर्ण सेवा सुरु गर्ने उद्धेश्यका साथ धमाधम निर्माण भइरहेको पूर्वाञ्चल क्यासर अस्पतालले सम्पूर्ण इकुप्मेन्ट(उपकरण) ल्याइ सकेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

आइतबार घटस्थापनाको दिनदेखी नौ दिनसम्म दुर्गाको पुजाआरधना गर्दै चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा समेत दुर्गा माताको प्रतिमा (मुर्ती) प्रतिस्थापन गरिने भएको छ । चारआली स्थित नेपाली सेनाको टुकडी सहितको बाजागाजा झाँकी सहित फुलपातिका दिन मन्दिरमा मुर्तीको प्रतिस्थापन गरिने जनाइएको छ ।

पर्यटन वर्षलाई सफल बनाउने उद्धेश्यले धार्मिक क्षेत्रमा समेत आफूले सहयोग गर्दै आएको मेडिकल डाइरेक्टर प्रसाईजले बताए । उनले यसअघि बीएण्डसी अस्पतालको स्थापनाको अवसरमा समेत सानो पाथीभरा मन्दिरमा दुर्गा माताको प्रतिमा प्रतिस्थापन गरेको जानकारी दिए ।

आगामी दिनमा क्यान्सरको उपचारका लागि अन्यत्र जानु नपर्ने भन्दै क्यान्सर अस्पतालमा उपलब्ध उपकरणहरु सिंगापुर र अमेरिका लगायतका देशहरुमा मात्रै रहेको अस्पतालले जनाएको छ । अस्पतालले सेवा सञ्चालन गरेपछि सबै प्रकारका स्टेजका क्यान्सर रोगको उपचार हुने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

पूर्वका जिल्लाहरु चिया र अलौंचीको हब मात्र नभएर अस्पतालको हब बनाउनुपर्ने भन्दै कार्यकारी निर्देशक प्रसाईले स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी बढाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here