अर्जुनधारामा डेंगु रोग नियन्त्रण गर्न छलफल

१२ आश्विन २०७६, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

डेंगु रोगको नियन्त्रणमा सरोकारवालाहरुको भूमिका बारे छलफल गर्ने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

डेंगु रोगको बारेमा सामान्य जानकारी, रोकथाम तथा नियन्त्रणका लागि हाल सम्म गरिएको प्रयासहरुबारे जानकारी गराइएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखा प्रमुख मुकुन्द बस्नेतले डेंगु टेस्ट कहिले र कसले गर्ने ?, डेंगुमा अस्पताल भर्नाका लागि संकेत, उपचार, नियन्त्रणका उपाय, गम्भीर रोगको लागि जोखिमपूर्ण बिरामीहरुलगायतका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्षहरु दुर्गाप्रसाद दाहाल, ध्यानबहादुर भारती, नवराम ढुंगाना, पूष्पकुमार प्रसाईं र बलदेवसिंह गोम्देन, नगर सामाजिक समितिका संयोजक दिलीप गुरुङ, नगर पूर्वाधार समितिका संयोजक रमेश त्रिखत्री, नगर कार्यपालिका सदस्यद्धय सकुन्तला बराल र हरिमाया दाहाल, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको उपस्थिती रहेको थियो ।

यसैबिच शाखाको आयोजनामा नगरस्तरिय स्वास्थ्य संस्थाहरुको गत आर्थिक वर्ष ०७५÷०७६को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको थियो । शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रका सीनीयर अहेव डम्बरबल्लभ मिश्रलगायतले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख बस्नेतले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here