टाँडीलाई पराजित गर्दै आयोजक सेमीफाइनलमा

१२ आश्विन २०७६, आईतवार मा प्रकाशित

अर्जुनधारा।

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान स्मृति प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा आयोजक सयपत्री युवा समूह विजयी भएको छ ।

शहीद टेक–मान रंगशालामा टाँडी युवा क्लब मोरङलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । जीतसँगै आयोजक सेमीफाइनल पुग्ने तेस्रो टोली भएको छ ।

खेल शुरु भएको १४औं मिनेटमा अनिल तामाङले गोल गर्दै टाँडीका लागि अग्रता दिलाएका थिए । तर, आयोजकका तर्फबाट बबिन बोहोराले १६औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुराएका थिए । बबिनले नै ४६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे टिमलाई विजयी बनाए ।

खेलको म्यान अफ दी म्याच दुई गोल गरेका आयोजकका बबिन बोहोरा घोषित भए । उनलाई आयोजक समितिका अध्यक्ष कृष्ण लोहार, झापा ११ एफसीका महासचिव केशवराज दाहाल, आर्थिक उपसमितिका संयोजक पवन खनाललगायतले संयुक्तरुपमा नगद ३ हजार पुरस्कार प्रदान गरे ।

सोमबारको खेल रोलिङ क्लब धुलाबारी र शिवसताक्षी युवा क्लब झिलझिलेबीच खेल हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here