आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग

0
554

दमौली,

जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ ।

समितिले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण आवश्यक पर्ने भएकाले गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग विभिन्न उपकरण माग गरेको हो ।

जिल्लामा घट्न सक्ने विपत्का समयमा उद्धारका लागि विभिन्न सामग्री आवश्यक पर्ने भए पनि आपतकालीन कार्यसञ्चालन केन्द्रमा उक्त सामग्री अभाव रहेकाले गृहमन्त्रालयसँग ती सामग्री वा रकम निकासा गर्न माग गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

समितिले कम्प्युटर डिस्प्ले बोर्ड तथा सोसँग सम्बन्धित आवश्यक सामग्री एक थान, रुख काट्ने मेसिन दुई थान, लाइफ ज्याकेट २० थान, स्ट्रेचर १० थान, सेफ्टी रिफ्लेक्शन टिसर्ट २० थान, प्राथमिक उपचार बक्स १० थान, टर्चलाइट १० थान, डोरी १०० मिटरका पाँच मुठा माग गरेको छ ।

त्यस्तै गैँटी २५, बेल्चा २५, साप्लो १०, बाल्टिन २० र अग्नि नियन्त्रकयन्त्र २५ माग गरिएको छ । विपद् व्यवस्थापनको लागि पृथ्वीराजमार्ग र सहायक मार्गमा पर्ने सबै स्थानीय तहले राजमार्ग र स्थानीय मार्ग तथा अन्य स्थानमा रुख लडी बाटो तथा निकास अवरुद्ध हुने समयमा तत्काल प्रयोग गरी राजमार्ग खुलाउनका लागि रुख काट्ने मेसिन खरीद गरी सम्बन्धित प्रहरी एकाइमा हस्तान्तरण गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here