प्रज्वलाद्धारा अपाङ्गता भएका शेयर सदस्यलाई दशैंको कपडा

0
655

अर्जुनधारा।

झापाको अर्जुनधारा–८मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रबार अपाङ्गता भएका आफ्ना शेयर सदस्यहरुलाई दशैंको कपडा वितरण गरेको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र संस्थाले स्थापना गरेको अपाङ्ग अक्षयकोषका दाता युवराज प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित दशैं शुभकामना आदानप्रदान कार्यक्रममा एक जना बालिकासहित १८ जनालाई कपडा वितरण गरेको हो ।

कपडा पाउनेहरुमा अम्बिका घोर्साने, अर्जुन समाल, इन्द्रबहादुर डाँगी, केन्द्रबहादुर श्रेष्ठ, कालिबहादुर सार्की, जमुना राजवंशी, जसोदा दनुवार, तारा श्रेष्ठ, थर्क धिमाल, पवित्रा वि.क., प्रेम दाहाल, मानकुमार श्रेष्ठ, मीना श्रेष्ठ, लोकेन्द्रबहादुर श्रेष्ठ, वासु बाँस्कोटा, विशाल राई, सन्तोष राजवंशी र सूर्य बस्नेत रहेका छन् ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघ लेखा समिति सदस्य पम्फा विश्वकर्मा, संस्थापक अध्यक्ष दिपेन्द्र काफ्ले, सल्लाहकार पदमबहादुर मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन् ।

गत वर्षको दशैंमा संस्थाका २१ जना अपाङ्गता भएका शेयर सदस्यलाई संस्थाले दशैंको कपडा वितरण गरेको थियो । जम्मा शेयर सदस्य ५७९ जना मध्ये संस्थामा हाल ४५ जना अपाङ्गता भएका शेयर सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here