झापा ।
झापाको कमल गाउँपालिका–१ रतनचौन स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदाँ एक ब्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक ब्यक्ति घाईते भएका छन् ।
शुक्रबार राती साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा २९ प ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुवै जनालाई लाईफलाईन अस्पताल दमक लगेकोमा मोटरसाईकलमा पछाडी सवार गौरादह नगरपालिका–१ का ५५ वर्षीय बिष्णुबहादुर कटवालको बाटोमा नै मृत्युभएको थियो भने मोटरसाईकल चालक काठमाण्डौको तानेश्वर नगरपालिका–६का २० वर्षीय बिशाल थापाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।































