झापा ।
नेपालीहरुको महान् पर्व बडा दशैं अन्र्तगत विजया दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा मंगलबार र बुधबार नभ्याएकाहरु बिहिबार आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् ।
यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडपर्व सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ । दशैंको फूलपाती अघिसम्म काठमाण्डौं लगायतका सहरबाट गाउँघरतिर जानेहरुको सट्टा अहिले शहरबजार आउने मोटर गाडीहरुमा मानिसको चाप बढ्न थालेको छ ।
तर हरेक वर्ष द्वादशी अर्थात् आजसम्म मात्रै दशैंको सरकारी बिदा हुने भएपनि यसपाली सरकारी कार्यालयहरु मंगलबारदेखि मात्रै खुल्ने छन् । दशैंको द्वादशी शुक्रबार परेको र आईतबार मुसलमानहरुको चाड ईदको सरकारी बिदा र सोमबार १३ गते कोजाग्रत परेकाले १४ गतेदेखि मात्रै सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।































