सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































