गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा बाघको मूर्ति निर्माण गरिने

0
504

भक्तपुर,

काठमाडौँ उपत्यकाको पूर्वी उत्तरी क्षेत्र गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक हजार किलोको अष्टधातुको बाघको मूर्ति निर्माण गरिनेभएको छ ।

नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल उख्रेनी देउरालीस्थित बागद्वारमा बाघको मूर्ति निर्माण गर्न लागिएको हो ।

प्रदेश नं ३ भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विनियोजित रु १० लाख तथा स्थानीयवासीले प्रदान गरेको धातुबाट बाघको मूर्ति निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

उक्त मूर्तिको आगामी २०७७ वैशाख १ गते उद्घाटन गरिने उहाँले बताउनुभयो । सो ठाउँमा डमरुको मूर्तिसमेत निर्माण गरिनेछ । मूर्ति निर्माणका लागि फुँयालको नेतृत्वमा धातु सङ्कलन अभियान सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here