भारत लैजाँदै गरेको ७१ बोरा मटर दाल झापामा बरामद

0
810

झापा

नेपालबाट भारत लैजाँदै गरेको ७१ बोरा मटर दाल झापा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले झापाको मेचीनगर ६ स्थित चर्च क्षेत्रबाट उक्त परिणामको मटर दाल बरामद गरेको हो ।

बरामद गरिएको मटर दालको मूल्य एक लाख ६ हजार ५ सय रुपैयाँ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको मटर दाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टा नाकाबाट भारततर्फ सुख्खा मटर, मटर दाल, मरीच, सुपारी तस्करी हुँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here